सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरी मन्त्री बन्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी(नाउपा)पनि सरकारमा सहभागी हुने भएको छ ।

नाउपाले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

उनका अनुसार लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् ।

सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमलबहादुर शाहले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
शपथ ग्रहणसँगै शाहले मन्त्रिपरिषद् समेत सोमबार नै विस्तार गर्ने तयारी गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search