हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट मल्लको शव परिवारलाई बुझाइयो

काठमाण्डौ । नुवाकोटको शिवपुरीमा अस्ति बुधवार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट ९क्याप्टेन० अरुण मल्लको शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पाइलट मल्लको शव परिवारलाई जिम्मा लगाएको हो ।

यस्तै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चार जना चिनियाँ नागरिकको पहिचानका लागि आधार सङ्कलन गर्ने काम हुँदैछ । चिनियाँ नागरिक जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जीको शव पहिचानका लागि आवश्यक प्रक्रिया चलिरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा। गोपालप्रसाद चौधरीले जानकारी दिनुभयो । शवको पोस्टमार्टम भने सकिएको छ ।

अस्ति बुधवार दिउँसो काठमाण्डौबाट रसुवाको स्याफ्रुबेसीका लागि चिनियाँ पर्यटक लिएर उडेको एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना हुँदा पाइलट मल्लसहित पाँच जनाको ज्यान गएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search