खाँदबारी–किमाथांका सडक डेढ महिनादेखि अवरुद्ध

संखुवासभाको मकालु गाउँपालिका – ३ एकुवाफेदीमा मूल सडक पहिरोले लगेपछि अस्थायी बाटोबाट जोखिम मोलेर आवतजावात गर्दै स्थानीय । संखुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी क्षेत्र भोटखोलाको किमाथांका जाने सडक डेढ महिनादेखि अवरुद्ध बनेपछि स्थानीय जोखिम मोल्न बाध्य छन् ।

५ असारमा पहिरोले मकालु गाउँपालिका– ३ स्थित एकुवा खोलाको पक्की पुल र सडक बगाएपछि अवरुद्ध सडक अझै सञ्चालन हुन सकेको छैन ।

खाँदबारीदेखि गोला ८० किमि दूरीमा छ भने खाँदबारी—किमाथांका १६२ किमि छ । उत्तर–दक्षिण कोशी सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले सडक खुलाउने प्रयास भइरहेको बताए । अस्थायी रूपमा वैकल्पिक बाटो बनाएपछि पुनः पहिरो खसेर अवरुद्ध हुने हुने गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search