युक्रेनले कब्जा गर्‍यो रूसको कुर्स्क क्षेत्रका २८ गाउँ, १२ जनाको मृत्यु

युक्रेनले रूसको कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गरेको खुलेको छ।

रूससँग लामो समयदेखि युद्धमा रहेको युक्रेनले पछिल्ला ६ दिनयता रूसको कुर्स्क क्षेत्रभित्र प्रवेश गरी लडिरहेको छ।

अहिलेसम्म युक्रेनले कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्था अल्जजिराले जनाएको छ। कुर्स्क क्षेत्रका गभर्नर एलेक्सी स्मिरनोभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसबारे ब्रिफिङ गरेका छन्।

२८ वटा गाउँ युक्रेनीको कब्जामा रहेको, १२ जना नागरिकको मृत्यु र एक लाख २१ हजार नागरिक विस्थापित भएको ब्रिफिङ गभर्नरले गरेका छन्।

पुटिनले भने यसको उचित जबाफ फर्काउने बाचा गरेका छन्। कुर्स्क क्षेत्रकै बिलोभिस्की जिल्लाबासीलाई त्यस क्षेत्र छाड्न अनुरोध गरेको छ।

त्यस्तै युक्रेनले सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएपछि रूसको बेलगोरोड क्षेत्र पनि खाली गर्न निर्देशन जारी भएको छ। बेलगोरोडका गभर्नर भ्याचेस्लाभ ग्लाडकोभले सोमबार टेलिग्राममा लेख्दैसुरक्षाका लागि स्थानन्तरण गर्न भनेका हुन्।

युक्रेनी सेना प्रमुख ओलिक्सान्द्र सिर्स्कीले कुर्स्क क्षेत्रको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जामा रहेको बताएका हुन्।

युक्रेनले अहिले सबैभन्दा अब्बल सैनिकहरू प्रयोग गरी रूसको क्षेत्रमा पठाएको बताइएको छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search