प्रचण्डसँग अस्ट्रेलियन राजदूत भोल्कको बिदाइ भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गरेकी छन्।

अध्यक्ष प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेट गरेकी हुन्।

भेटका अवसरमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुङ्गोमा पुर्‍याउन सफलता मिलेकोमा बधाइ दिँदै नेपालको अन्तर्राष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताएको प्रचण्डको सचिवालयले जनाएको छ।

सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिन्।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search