मकालु गाउँपालिकामा दिइयो शोक विदा

सङ्खुवासभाको मकालु गाउँपालिकाले आज शोक विदा दिएको छ । गाउँपालिकाको सम्पूर्ण शिक्षण संस्थाहरुलाई बुधबार शोक विदा दिइएको हो । मकालु गाउँपालिकामा कार्यरत एक शिक्षकको निधन भएकाले विदा गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाले मंगलबार सूचना जारी गरेर शोक विदाको घोषणा गरेको हो ।

अछाम जिल्ला, पञ्चदेवल विनायक नगरपालिका ९ घर भएका शिक्षक भद्र बहादुर शाहीको श्रावण २५ गते हृदयघातका कारण निधन भएको थियो । उनी २०८० सालको शिक्षक सेवा आयोगबाट सङ्खुवासभा जिल्लामा प्राथमिक तहको स्थायी शिक्षकमा सिफारिस भई २०८० चैत्र १२ गते नियुक्ति लिई सिंहदेवि आधारभूत विद्यालय मकालु १ मा कार्यारत थिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search