धादिङको झ्याप्ले खोलामा थप एउटा बस र तीन वटा शव भेटिए, गोरखाबाट आएको बस हुन सक्ने

काठमाण्डौ । धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप तीन वटा शव फेला परेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएको हो । त्यहाँ हिजो पहिरोले पुरेका दुईवटा बस र १४ जना यात्रुको शव निकालिएको थियो । त्यही पहिरोमा आज अर्को बस पनि पुरिएको अवस्था भेटिएको हो ।

आज भेटिएको बस र तीन जना यात्रु गोरखाबाट काठमाण्डौतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बस र यात्रु हुन सक्ने सशस्त्र प्रहरीले जनाएको छ । बस र यात्रुको पहिचान भने भइसकेको छैन । गोरखाको लापुबेंसीबाट शुक्रवार बिहान काठमाण्डौका लागि छुटेको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रा।लीले जनाएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search