प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा स् चेल्सी र आर्सनल विजयी हुँदा सिटीले बराबरी खेल्यो

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा उल्भ्सलाई २–१ गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको हो ।

जीतसँगै लिभरपुलको छ खेलमा १५ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान छ खेलमा १४ अङ्क छ । सिटीले गएराति भएको खेलमा न्यूक्यासलसँग एकरएक गोलको बराबरी खेल्यो ।

त्यस्तै अर्को खेलमा चेल्सीले ब्राइटनलाई र आर्सनलले लेस्टर सिटीलाई ४–२ गोलले तथा एर्भटनले क्रिस्टल प्यालेसलाई २–१ गोलले र फुलहमले नटिङघम फरेस्टलाई १–० गोलले हराएको छ ।

तेस्रो स्थानमा रहेको आर्सनलको समान छ खेलमा १४ अङ्क छ । त्यस्तै चौथो स्थानमा रहेको चेल्सीको छ खेलमा १३ अङ्क छ । ब्रेन्टफोर्ड र वेस्टह्यामले एकरएक गोलको बराबरी खेलेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search