भोटखोलामा पाँच दिनदेखि छैन सञ्चार

संखुवासभा । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा दुर्गम उत्तरी क्षेत्र भोटखोलाका दर्जनौ गाउँका बासिन्दा सञ्चार सेवाबाट बञ्चित भएका छन् । पाँच दिनअघि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरको रेडियो लिङ्क र विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको हो।

चिचिला र सभापोखरी गाउँपालिकाको सीमावर्ती क्षेत्र बखेडाँडामा रेडियो लिङ्क र विद्युत् आपूर्ति बन्द भएपछि पाँच दिनदेखि दुर्गम उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले बताए। विद्युत् आपूर्ति बन्द हुँदा उत्तरी क्षेत्रका बर्खे डाँडा, भाटभटेनीडाँडा र लच्चीडाँडालगायतका टावर बन्द भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख राईले बताए। प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीबाट प्राविधिक टोली समयमा पुग्न कठिन भएको प्रमुख राईले बताए । अवरुद्ध टेलिफोन सेवा सुचारु अझै केही दिन लाग्ने उनले जानकारी दिए ।

उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा बेला बेलामा समस्या आउने गरेको छ । विद्युत् आपूर्ति बन्द भएपछि भोटभटेनी डाडाँ र लचीडाँडाको टावरमा समस्या हुँदा उत्तरी क्षेत्रको टेलिफोन सेवा अवरुद्ध भएको हो । उत्तरी क्षेत्रमा बर्षा र चट्याङका कारण ब्याट्री व्याकअप, उपकरण र टावरका सामग्री पड़कदा बेलाबेला उत्तरी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ ।

अवरुद्ध टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला-२ र ३ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत गाउँका बासिन्दा लाभान्वित भएका छन् । विद्युत सेवा नपुगेका दुर्गम गाउँमा बिटिएस टावर अझै सोलार पावरका भरमा चल्ने गरेको छा । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भोटखोला गाउँपालिका अध्यक्ष वाड्छेदर भोटेले जानकारी दिए। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला -२ र ३ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौ गाउँका बासिन्दा सञ्चार सेवाबाट बञ्चित हुनु परेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search