आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक समिति सचिवालय सिंहदरवारमा बिहान साढे ११ बजे राखिएको छ ।

छलफलको कार्यसूचीमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने उल्लेख छ ।

आगामी नोभेम्बर ११ देखि २२ तारिख ९ यही कातिक २६ देखि मंसिर ७ गते०सम्म अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) आयोजना हुँदैछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search