संखुवासभा । संखुवासभा आइडल सिजन-३ को उपाधि सुनसरी वराहक्षेत्रका विवेक पाण्डेले जितेका छन् । संखुवासभाको खाँदबारीमा शनिबार राति सम्पन्न फाइनलमा धरानकी मेरिना राई र्फस्ट रनरअप र साल्पासिलिछो गाउँपालिका भोजपुरकी आस्था गुरुङ सेकेन्ड रनरअप भइन् ।
संखुवासभा, भोजपुर, तेह्रथुम र सुनसरीका विभिन्न १३ स्थानमा गरिएको अडिसनबाट करिब ३ सय प्रतिस्पर्धी छनौट भएका थिए । उनीहरूलाई २९ वटा स्टेजमा विभिन्न प्रकारका कार्यक्रम गरेर छनौट गरिएको संयोजक वीरबहादुर लिम्बूले बताए ।
आइडलको उपाधिसँगै पाण्डेले नगद ३ लाख, ट्रफी र एउटा गीत रेकर्ड गरिसकेका छन् । उपविजेता दुई जनाले जनही नगद ५० हजार, एउटा गीत रेकर्ड, पाँचदिने भारत भ्रमण र टोकन अफ लभ प्राप्तगरेको आयोजक अरुण भ्याली इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिका अध्यक्ष देवेन्द्र घिमिरेले बताए ।











