साफ महिला च्याम्पियनशिप : भुटानलाई ७–१ गोलले हराउँदै बङ्गलादेश फाइनलमा

काठमाण्डौ । भुटानलाई हराउँदै साविक विजेता बङ्गलादेश दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हरायो । बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । यस्तै सबिना खातुनले २ तथा रितु पोरन चक्मा र मसुर प्रभीनले समान १ गोल गरे । भुटानकी देकी ल्हजोमले १ गोल फर्काइन् । बङ्गलादेश समूह ए को विजेता र भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

साफ महिला च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा अहिले बेलुकी साढे ६ बजे नेपाल र भारत खेल्दैछन् । नेपाल समूह बी को विजेता बन्दै र भारत समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल आउँदो बुधवार हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search