प्रधानमन्त्री केपी ओली बिरामी

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नुभएको छ । हिजो दिउँसोदेखि ओलीलाई हलुका ज्वरो आएको र अफ्ठेरो महसूस भइरहेको उहाँको सचिवालयले जनाएको छ ।

ओलीको रगत परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो । उहाँले अहिले सरकारी निवास बालुवाटारमै आराम गरिरहनुभएको छ ।

आज प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको सचिवालयले जनाएको छ । उहाँलाई थप अफ्ठेरो भएमा अस्पताल भर्ना गर्ने तयारी छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search