सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ बढेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । हिजो तोलाको दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । हिजो तोलाको पाँच हजार १९० रुपैयाँ रहेको चाँदी आज तोलाको पाँच हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search