सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनको भाउ एकैदिन दुई हजार चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ३० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search