इजरायलले लेबनानमा गरिरहेको आक्रमण रोक्न अमेरिकाले प्रस्ताव पठाएको पुष्टि

लेबनानको संसदका अध्यक्षले आफ्नो देशमा इजरायलले गरिरहेको आक्रमण रोक्ने विषयमा अमेरिकाबाट प्रस्ताव आएको पुष्टि गर्नुभएको छ ।

लेबनानी संसदका अध्यक्ष नबिह बेरीले लेबनानमा युद्धविरामको लागि अमेरिकाबाट प्रस्ताव प्राप्त गरेको र वातावरण सकारात्मक रहेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । ‘युद्धविरामको काम अगाडि बढिरहेको छ, वातावरण सकारात्मक छ, र हामीले परिणामको अनुगमन गर्नुपर्दछ’, बेरीले स्थानीय अखबार अशरक अल–अवसतलाई भन्नुभएको छ ।

बेरीले प्रस्तावमा लेबनानमा इजरायली सेनालाई आवागमनको स्वतन्त्रता दिने कुरा समावेश भएको अस्वीकार गर्नुभएको छ । आफ्नो देशमा इजरायली सेनाको प्रवेश अस्वीकार्य रहेको र यसमा छलफल पनि गर्न नसकिने र सार्वभौमिकतामा कुनै पनि उल्लङ्घन स्वीकार नगर्ने उहाँको भनाइ छ ।

लेबनानको विद्रोही समूह हिजबुल्लाहविरुद्धको आक्रमणका क्रममा इजरायलले गरेको आक्रमणमा लेबनानमा एक वर्षको अवधिमा ३२ सय जना भन्दा धेरैको ज्यान गइसकेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search