सभामुखको निर्णयप्रति जनमतको प्रतिक्रिया : उहाँ निष्पक्ष भूमिकामा देखिनु भएन

काठमाडौं । जनमत पार्टीले सभामुख देवराज घिमिरेको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाएको छ ।

सभामुख घिमिरेले सांसद गोमालाभ सापकोटालाई नहटाउने निर्णय गरेपछि उक्त निर्णय प्रति असन्तुष्टि जनाउँदै जनमतले यस्तो आरोप लगाएको हो । सभामुख घिमिरेले दलको सर्वोच्चतालाई स्वीकार गर्न नसकेको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले बताएका छन् ।

‘सभामुख पनि निष्पक्ष हुनुहुन्न भन्ने कुरा देखियो । उहाँलाई हरेक कुरा प्रधानमन्त्री कार्यालयबाट आउनुपर्ने अनि मात्रै आदेशको पालना गर्ने जस्तो देखियो,’ यादवले भने  सापकोटालाई हटाउन यस अघि जनमतले तीन पटक पत्र लेख्दा सभामुख घिमिरेले प्रक्रिया पुर्‍याएर पत्र लेख्न सुझाव दिएका थिए ।

चौथोपटक पत्र पठाएपछि सभामुख घिमिरेले सांसद सापकोटालाई नहटाउने निर्णय लिएका थिए । प्रक्रिया पूरा नभएको जवाफ आएपछि पार्टीले सबै प्रक्रिया पूरा गरी पत्र लेखेको यावदको भनाइ छ ।

‘यसपटक सबै प्रक्रिया पुर्‍याएर बहुमत सदस्यले पार्टीबाट गोमालाभलाई हटाएका हौं । त्यसलाई पनि सभामुखले लत्याउनु भयो,’ यादवले अनलाइनखबरसँग भने । पार्टी सदस्यबाट हटाएपछि सांसद पद नरहने व्यवस्था भए पनि त्यसको कार्यान्वयन सभामुखले नगरेको यादवको आरोप छ ।

ढाकाकुमार श्रेष्ठ र सरिता गिरीलाई दलहरूले पत्र लेख्दा सांसद पद गएको तर पार्टी विरुद्ध काम गरेको भनी सापकोटालाई हटाउन खोज्दा सभामुखले अवरोध गरेको जनमतको तर्क छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search