कर्णालीले दियो जनकपुरलाई १ सय ४२ रनको लक्ष्य

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो । कर्णालीका गुल्सन झाले ३६, अर्जुन घर्तीले ३३, कप्तान सोमपाल कामीले नटआउट २९ रन बनाए । यस्तै भारतीय खेलाडी शिखर धवन १४ रनमा आउट भए । जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए ।

प्रतियोगितामा जनकपुरको यो दोस्रो खेल हो । अस्ति भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई हराएको थियो ।

यसअघि आज बिहान भएको खेलमा चितवन राइनोजले काठमाण्डौ गुर्खाजलाई पाँच विकेटले हराएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search