जुम्लाको पातारासीमा फोरजी सेवा सञ्चालन

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि त्यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् ।

टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको छ । जिल्लाको विकट गाउँमा रहेको पातारासी–२ मा अस्तिदेखि टेलिफोन सेवा सञ्चालनमा आएको हो ।

नेपाल टेलिकमले टावर स्थापना गरेसँगै गाउँपालिकाका वडा नम्बर १, २ र ३ का स्थानीयवासी पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका वडाध्यक्ष बलबहादुर बोहोराले बताउनुभयो ।

ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको नेपाल टेलिकम कार्यालय जुम्लाका प्रमुख सुवास शाहले बताउनुभयो । जुम्लाका आठ वटै पालिकाका १८ ठाउँबाट सञ्चार सेवा प्रवाह भएको उहाँले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search