यू–१९ महिला एशिया कप सुपर–फोर : श्रीलङ्कासँगको खेलमा नेपाल टस जितेर बलिङ गर्दै

काठमाण्डौ । एसीसी १९ वर्षमुनिको महिला एशिया कपको ‘सुपर–फोर’ मा श्रीलंकासँगको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालम्पुरमा टस जितेर नेपालकी कप्तान पूजा महतोले बलिङ रोजेकी छिन् ।

यस्तै ‘सुपर–फोर’ अन्तर्गत आज भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई ८ विकेटले हराएको छ । बङ्गलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ४७ बलअघि नै २ विकेट गुमाएर भेटायो ।

नेपालले ‘सुपर–फोर’ को दोस्रो खेलमा भोलि बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’ बाट भारत र नेपाल तथा समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का ‘सुपर–फोर’ मा पुगेका हुन् । महिला एशिया कपको फाइनल खेल आउँदो आइतवार हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search