काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँगको खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन् ।
यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि हिजोको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्को मौका पाएको हो । हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।