चन्द्रागिरि नगर अस्पतालमा भेन्टिलेटर सेवा सञ्चालनमा आउने

काठमाण्डौ । चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील उपकरण प्रदान गरेको हो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीलाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।

चन्द्रागिरि–४ का वडाध्यक्ष एवम् नगर प्रवक्ता कृष्णप्रसाद खड्गीका अनुसार विं। सं। २०७६ वैशाख २८ गतेदेखि चन्द्रागिरि–४ थानकोटामा सञ्चालित १५ शय्याको नगर अस्पतालले प्रयोगशाला, चौबीसै घण्टा आकस्मिक सेवासहित बर्थिङ सेवा प्रदान गरिरहेको छ । साथै अस्पतालले मुटुरोग जाँच, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा एवम् मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालनको तयारी गरेको छ ।

यस्तै चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमबाट मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँच वर्षमुनिका बालबालिकाको पोषणलगायतको स्क्रिनिङ, परामर्श, गर्भवती, सुत्केरी घरभेट, स्वास्थ्य शिक्षा तथा जनचेतना सेवा प्रदान भइरहेको छ ।

चन्द्रागिरि–४ थानकोटमा नै जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा एक अर्ब रुपैयाँको लागतमा प्रसूति विशेषज्ञ अस्पतालसमेत निर्माण हुँदैछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search