वृहत मेवाहाङ पुर्खा भेला २०८१ संखुवासभामा सम्पन्न भएको छ । किरात मेवाहाङ याखोम्माले मेवाहाङ भाषाको वृहत शब्दकोष निर्माणका लागि मेवाहाङहरुको पुर्खा भेला गरेको थियो । चार दिवसीय कार्यक्रमको शुक्रबार खाँदबारीमा समापन गरिएको छ ।
करिब १२ हजार शब्दको शब्दकोष निर्माण हुने आयोजकले जनाएको छ । शब्दकोष निर्माणका क्रममा महत्वपूर्ण सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । सिलिचोङ गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, मेवाहाङ याखोम्माका नेतृत्वकर्ता तथा पुर्खाहरु र पत्रकारको उपस्थिति रहेको थियो ।