नेकपा एमालेबाट भीम रावललाई निष्काशन गर्ने विषय सचिवालयको सर्वसम्मत निर्णय रहेको नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भएको छ । नेकपा एमाले संखुवासभाको चौथो पुर्ण बैठकमा गृह जिल्ला आउनु भएका गौतमले शुक्रबार पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।
सचिवालय बैठकले भिम रावलसहित अन्य नेताहरुलाई समेत कारबाही हुनेगरी गरेको निर्णय सचिवालय र पार्टीका प्रमुख नेताहरुसँग परामर्श र सल्लाह बमोजिम निर्णय गरेको बताउनु भयो । प्रसंग जोड्दै गौतमले तत्कालै भीम रावलले पार्टी खोल्ने भन्दा पनि आफ्ना गल्ती र कमिकम्जोरीलाई सच्याएर संगठनमा नै फर्कने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा एमाले भित्र विचार राख्न, भिन्न मत राख्न पाइने व्यवस्था छ । तर पार्टीलाई नै कम्जोर बनाउने खालका गतिविधि विरुद्ध पार्टीले कारबाही गर्न पाउने हुनाले पार्टीको निर्णय मान्नु पर्ने उल्लेख गर्नुभयो ।