झन्डै साढे ४ अर्ब बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाण्डौ महानगरमा निवेदन

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा झन्डै साढे ४ अर्ब रुपैयाँ बचत रकम फिर्ताको पहल गरिदिन भन्दै निवेदन परेको छ । बचतकर्ताले सहकारी संस्थाहरूबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८ सय ३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदाबीसहित निवेदन दिएका महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका १ सय १८ वटा सहकारीका ६ हजार २ सय ६६ बचतकर्ताले यो मागदाबी गरेका हुन् ।

काठमाण्डौ महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९ सय १७ वटा सहकारी संस्था छन् । यीमध्ये सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा १ हजार ७ सय ४४ वटा संस्था दर्ता भएका छन् । तर वार्षिक प्रतिवेदन बुझाउनेको सङ्ख्या भने ८ सय ३८ वटामात्र छ ।

सम्पर्क बाहिर भएका सहकारीहरूको व्यवस्थापन, महानगरपालिकाले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापन गर्ने, कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष र ऋण असूली न्यायाधीकरणलगायत विषयमा सङ्घीय सहकारी विभाग र महानगरपालिकाको सहकारी विभागका बीचमा समन्वय भइरहेको महानगरपालिकाको सहकारी विभाग प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search