मकालु गाउँपालिका वडा नम्बर २ मा गएराति परेको चट्याङका कारण एक हल गोरु र एउटा गाभिना गाईको मृत्यु भएको छ । सेकेदेम निबासी धन बहादुर खम्बुको गोठमा बाँधेको गाई र गोरु चट्याङमा परि ज्यान गएको हो ।
बिहिबार राती अन्दाजी १ बजेतिर अविरल वर्षा र हावाहुरीसहितको चट्याङका कारण तीन चौपायको क्षति भएको स्थानीय बिप्लप राईले जानकारी दिनुभयो ।











