मकालुमा मोतियाविन्दु छनौट तथा कान सम्बन्धी शिबिर हुने

मकालु । संखुवासभाको मकालु गाउँपालिकामा मोतिया विन्दु छनौट तथा कान सम्बन्धी शिबिर हुने भएको छ । मकालु गाउँपालिकाको आयोजनामा नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी र मकालु आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने भएको हो ।

फागुन २३ गते देखि २८ गतेसम्म मकालुका विभिन्न स्थानमा शिविर हुने भएको छ । फाल्गुन २३ गते मांसिमा सामुदायिक स्वास्थ्य इकाईमा, २४ गते पावाखोला स्वास्थ्य चौकि कारमाराङमा, २५ गते गोलेचौर सामुदायिक स्वास्थ्य इकाईमा हुनेछ । यसैगरि फाल्गुन २६ गते मकालु स्वास्थ्य चौकि सेदुवामा, २७ गते ठाँगे आधारभूत स्वास्थ्य सेवा केन्द्रमा र २८ गते याफू स्वास्थ्य चौकि डाँडा गाउँमा शिविर सञ्चालन हुने आयोजकले जनाएको छ ।

शिविरमा छनौट भएको मोतिया विन्दुका बिरामीहरुलाई निशुल्क शल्यक्रिया गरिनेछ । ५० बर्षभन्दा माथिका नेत्ररोगीहरुलाई लेखपढ गर्नका लागि निशुल्क चस्मा वितरण गरिने छ । शिविरमा छनौट गरिएका मोतिया विन्दुका विरामीलाई २०८१ चैत्र २ र ३ गते नुम प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क शल्यक्रिया गरिने छ ।

मकालु गाउँपालिका वडा नं.५ मांसिमा बाहेकका अन्य टोलका नागरिकलाई भने मकालु आखाँ उपचार केन्द्र नुममा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search