मकालु । संखुवासभाको मकालु गाउँपालिकामा एक्स रे मेसिनद्घारा क्षयरोगको पहिचान गरिने भएको छ । पावाखोला सामुदायिक स्वास्थ्य इकाई मकालु ४ र मकालु स्वास्थ्य चौकि मकालु २ साथै मकालु गाउँपालिकाको संयुक्त आयोजना र स्वास्थ्य निर्देशनालय कोशी प्रदेश, धनकुटाको प्राविधिक सहयोगमा क्षयरोग पहिचान गरिने भएको छ ।
क्षयरोगमुक्त अभियान अन्र्तगत लुकेर रहेका क्षयरोगीहरुको पहिचान एक्स रे द्घारा गरिने भएको हो । यस अघि क्षयरोग लागेर निको भएका सम्पूर्ण परिवार, क्षयरोगका लक्षण चिन्ह भएका व्यक्तिहरु र ६० बर्ष देखि माथिका सबै जेष्ठ नागरिकहरुलाई शिविरबाट पहिचान गरिने भएको छ ।
शिविर फाल्गुन २४ र २५ गते पावाखोला स्वास्थ्य चौकि मकालु वडा नं. ४ र फाल्गुन २६ र २७ गते मकालु स्वास्थ्य चौकि मकालु वडा नं. २ मा हुनेछ ।