मकालु । मकालु गाउँपालिका वडा नं. ६ मा बेरोजगार फारम भर्न आह्वान गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम आर्थिक बर्ष २०८२/०८३ मा सञ्चालन हुने विभिन्न कामका लागि फारम भर्न आह्वान गरिएको छ । स्वरोजगारमुलक तालिममा सहभागी हुनका लागि १८ बर्ष पुरा भई ५९ बर्ष ननाघेका बेरोजगार व्यक्तिहरुलाई फारम भर्न आह्वान गरिएको हो ।
फारम भर्नका लागि नेपाली नागरिकताको प्रतिलिपी, परिवारका सम्पूर्ण सदस्यहरुको नेपाली नागरिकता, जन्म दर्ताको प्रतिलिपि, अन्य पालिकाबाट विवाह गरि आएका महिलाको हकमा विवाह दर्ताको प्रतिलिपि, अन्य पालिकाबाट बसाईसराई गरि आएका व्यक्तिको हकमा बसाईसराईको प्रतिलिपि र फोटो २ प्रति संलग्न गरी फारम भर्नुपर्ने छ ।
वडा कार्यालयले जारी गरेको सूचना अनुसार फाल्गुन मसान्तसम्म फारम भरिसक्नु पर्ने वडा अध्यक्ष नरेन्द्र कुमार राईले जानकारी दिनु भयो ।












