काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासनसँग आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले निकाल्नुभएको विज्ञप्तिमा त्रिविको उपकुलपतिको कार्यालयमा एक समूहबाट तोडफोड भएको तथा अरु पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तोडफोडमा संलग्नलाई कारबाही गर्न आग्रह गरिएको हो ।
मन्त्रालयले विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक संस्था र लाखौं विद्यार्थीको भविष्य निर्माणका लागि दैनिक पठनपाठन प्रणाली सञ्चालनमा क्रियाशिल रहनुपर्ने निकायमा कुनै पनि बहानामा यस्ता हिंसात्मक, गैरकानूनी र शैक्षिक क्यालेन्डरलाई बाधा पुर्याउने कुनै पनि कार्य सदैव निन्दनीय र भत्र्सना योग्य हुने जनाएको छ ।
भविष्यमा कुनै पनि विश्वविद्यालय तथा शैक्षिक संस्थामा यस्ता अप्रिय घटना हुन नदिने गरी सम्बन्धित पक्षबाट स्वतःस्फूर्त रुपमा सावधानिपूर्वक प्रयत्न गर्न मन्त्रालयले सबैलाई आग्रह पनि गरेको छ ।