दाङमा पहिलो पटक भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण

दाङ । दाङमा पहिलो पटक २३ जना भूमिहीन सुकुम्बासीलाई झन्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लामा पहिलो पटक जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।

लमही नगरपालिका– ३ कान्छिगाउँका २३ घरधुरीलाई बसोबासका लागि ८ धुरदेखि एक कठ्ठासम्मको जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालसहितका अधिकारीले भूमिहीन सुकुम्बासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गर्नुभएको हो ।

भूमि समस्या समाधान आयोग जिल्ला समितिको २०८२ साल जेठ ११ गतेको बैठकले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search