असार १५ गते झन्डै ८० लाख लिटर दही खपत हुने अनुमान

काठमाण्डौ । दही चिउरा खाने दिन असार १५ आइतवार झन्डै ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार राष्ट्रिय धान दिवस, रोपाइँ महोत्सव तथा दही चिउरा खाने दिन असार १५ गते झन्डै १ अर्ब ४० करोड रुपैयाँ बराबरको दही कारोबार हुने अनुमान छ ।

एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार पर्सि दहीको माग उच्च हुन्छ । नेपाल डेरी एसोसिएशनले आज काठमाण्डौमा ‘दही चिउरा खाने विशेष कार्यक्रम–२०८२’ गरी दहीको खपत र महत्त्वबारे जानकारीसमेत गराएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कृषिमन्त्री रामनाथ अधिकारीले किसानले उत्पादन गरेको दूधको भुक्तानी बेलैमा हुनुपर्ने बताउनुभयो । साथै उहाँले रासायनिक मलको माग धेरै हुने तर मुख्यबाली धानको सिजनमा माग अनुसारको मल व्यवस्थापन गर्न नसकेको स्वीकार गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search