शेयर बजार २६ सय विन्दुमुनि झर्‍यो, कारोबार रकम भने बढ्यो

काठमाण्डौ । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ४५ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव ७४ विन्दुमा झरेको छ ।

आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर १ दशमलव ८७ प्रतिशतले ओरालो लागेको छ ।

आज रिलायबल समृद्धि योजनाको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार सामान्य घटेको दिन ग्रीन विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर ९ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ५ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३ सय ६ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ७ अर्ब ७८ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search