त्रिदेशीय टी–२० शङ्खलामा न्युजिल्यान्डको लगातार तेस्रो जीत

काठमाण्डौ । न्युजिल्यान्डले जिम्बाब्वेमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा लगातार तेस्रो जीत निकालेको छ । गएराति भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई सात विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ ओभर पाँच बलमा तीन विकेट गुमाएर भेट्टायो ।

त्यसअघि हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले आठ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो । लगातार तेस्रो खेल जितेको न्युजिल्यान्डको ६ अङ्क छ ।

शङ्खलाको उपाधिका लागि न्युजिल्यान्ड र अङ्क तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । लिग चरणको अन्तिम खेलमा भोलि न्युजिल्यान्ड र जिम्बाब्वेले खेल्नेछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search