काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले आफूलाई काम दिन नसके पार्टीमा लामो समयसम्म बस्न नसक्ने बताउनुभएको छ । काठमाण्डौको कीर्तिपुरमा आज ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उहाँले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गर्नुभयो ।
नेता गौतमले काम दिनका निम्ति कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना गरी जिम्मेवारी दिन आग्रह गर्नुभयो । उहाँले कामविनाको पद आफूलाई नचाहिने बताउनुभयो ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच गएको साउन २ गते एकता घोषणा भएको थियो ।











