पूर्वी खान्दोके तामाङ मातृभाषामा पाठन प्रवाहको लागि कार्यशाला गोष्ठी खाँदबारीमा सम्पन्न

संखुवासभाको खाँदबारीमा पूर्वी खान्दोके तामाङ मातृभाषामा पाठन प्रवाह कक्षाको लागि पाठ्य सामग्री लेखन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेल्होस नेपालको आयोजनामा तीन दिने गोष्ठी मंगलबार सम्पन्न भएको हो ।

मातृभाषामा पाठ्य सामग्री लेखनका लागि जिल्लाका विभिन्न ठाउँबाट मातृभाषा पठनपाठन गराईरहेका शिक्षक तथा तामाङ शिक्षकहरुको उपस्थिति रहेको थियो । संखुवासभाका विभिन्न विद्यालयमा तामाङ भाषामा पढाई हुँदै आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search