प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य

काठमाण्डौ । प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । गएको १९ गतेदेखि शुरू भएको अधिवेशनमा ६ वटा बैठक बस्यो । यस बीचमा संसदले सभामुख, उपसभामुख चयनसँगै विषयगत समितिहरू गठन गरेको छ । यस्तै हिजो राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्नुभयो ।

राष्ट्रपतिले पहिलो अधिवेशनलाई सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था र प्रधानमन्त्रीले पनि सामान्यतया बैठकलाई सम्बोधन गर्ने अभ्यास छ । तर, यस पटक प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा सम्बोधन गर्नुभएन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search