आयातित वस्तुमा १५ दिनभित्र एमआरपी ताेक्न विभागको निर्देशन

काठमाण्डाै । सरकारले विदेशबाट आयात गरी नेपालमा बिक्री/वितरण गर्ने सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य उल्लेख गर्न निर्देशन दिएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकालेर १५ दिनको समयसीमाभित्र आयातित तथा मौज्दात रहेका वस्तुमा एमआरपी नतोकिए कारबाही गर्ने चेतावनी दिएको हो ।

नेपाल समुद्रपार निकासी पैठारी सङ्घका प्रतिनिधिहरूसँग आज भएको छलफलपछि यस्तो निर्णय गरेको विभागले जनाएको छ । विभागका प्रवक्ता नरहरि तिवारीकाअनुसार नयाँ व्यवस्था लागू भएपछि आयातकर्ताले अनिवार्य एमआरपी उल्लेख गर्नुका साथै वस्तु बिक्री गर्दा अनिवार्य बिल जारी गर्नुपर्ने छ ।

विभागले तोकिएको १५ दिनको अवधि समाप्त भएपछि बजार अनुगमनलाई तीव्रता दिने बताएको छ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search