अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत सम्झौता

अस्ट्रेलिया र जापानबीच रोयल अस्ट्रेलियाली नौसेनालाई उन्नत स्टिल्थ युद्धपोतहरू आपूर्ति गर्न ७ अर्ब अमेरिकी डलरको प्रमुख रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । अस्ट्रेलियाको मेलबर्नमा भएको यो सम्झौता जापानको सबैभन्दा महत्त्वपूर्ण सैन्य निर्यातमध्ये एक रहेको भारतीय समाचार वेबसाइट ‘फर्स्टपोस्ट’ ले जनाएको छ ।

अस्ट्रेलियाका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री रिचर्ड मार्ल्स र जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । दुवै नेताले यो सम्झौताले द्विपक्षीय रक्षा सम्बन्धलाई अझ बलियो बनाउने बताएका जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा उल्लेख गरेको छ ।

सम्झौताअन्तर्गत जापानले सन् २०२९ देखि शुरू हुने गरी पहिलो तीन वटा उन्नत मोगामी–क्लास फ्रिगेटहरू प्रदान गर्नेछ भने थप आठ वटा अस्ट्रेलियामा निर्माण गरिनेछ । यो सम्झौता अस्ट्रेलियाको आफ्नो नौसेना क्षमतालाई सुदृढ पार्ने र इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीहरूको सामना गर्ने व्यापक योजनाको एक हिस्सा रहेको खबरमा उल्लेख छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search