नोबेल शान्ति पुरस्कारका लागि २८७ व्यक्ति र संस्थाको नाम सिफारिस

काठमाण्डौ । सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि २८७ जनाको नाम सिफारिस गरिने भएको छ । नर्वेको नोबेल कमिटीका सचिव क्रिस्टियन बर्ग हार्पविकनले यस वर्षको मनोनयनमा २०८ व्यक्ति र ७९ संस्थाहरू समावेश रहेका जानकारी दिनुभएको छ । उहाँले गएको वर्षको तुलनामा यो पटक धेरै नयाँ नाम रहेको बताउनुभयो ।

नयाँ सिफारिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम समावेश भए/नभएको अहिलेसम्म आधिकारिक पुष्टि नभएको एएफपीले जनाएको छ । नोबेल कमिटीका सचिव हार्पविकनलले अमेरिकी राष्ट्रपति ट्रम्पको नाम समावेशबारे कुनै टिप्पणी गर्नुभएको छैन ।

उहाँले अहिले पनि शान्ति पुरस्कार महत्त्वपूर्ण रहेको र अहिले अझ बढी राम्रो काम भइरहेको उल्लेख गर्नुभएको छ । अघिल्लो वर्ष पनि नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम चर्चामा थियो ।

सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई प्रदान गरिएको थियो ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search