राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति

काठमाण्डौ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिलकुमार केसी पक्राउ परेका छन् । अस्ति बेलुका पक्राउ परेका महानिर्देशक अर्यालसहित निर्देशक केसीलाई विशेष अदालतले ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिजो अनुमति दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो ।

उनीहरूलाई राहदानी छपाइमा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search