बाक्लेक–एकुवा कृषि सडक स्तरोन्नती हुँदै

मकालु गाउँपालिका वडा नं. ३ को बाक्लेक–एकुवा कृषि सडक स्तरोन्नती कार्य धमाधम भई रहेको छ । प्रदेश सरकारद्धारा विनियोजित २ करोड १० लाख बजेटले उक्र स्तरोन्नतीको कार्य भइरहेको हो । समयमा योजना सञ्चालन तथा स्तरोन्नतीको कार्य नभएपछी बजेट फ्रिज भएर जाने आशंका बढेको भएपनि पछिल्लो समय सुरु गरिएको योजना र कामको रफ्तारका कारण समयमा नै काम सम्पन्न हुने वडा अध्यक्ष बद्री बहादुर राईले बताउनु भयो ।

यसअघि विभिन्न आर्थिक वर्षहरुमा बजेट विनियोजन भई ट्रयाक ओपन गरिएको थियो । उक्त स्तरोन्नतीको कार्य सम्पन्न भए पश्चात बाक्लेक र एकुवा गाउँका स्थानीयलाई सहज हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search