काठमाण्डाै । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयका लागि छुट्याएकाे बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनुहुने भएको छ । प्रतिनिधिसभा नियमावलीमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मा लगाउनुभएको हो ।
यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिनुभएको थियो । अहिले प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ । सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको हो ।











