कतारले उपहार दिएको बोइङ विमान अब ‘एयर फोर्स वान’ : ट्रम्पद्वारा सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एयर फोर्स वान’ का लागि कतार सरकारले गएको वर्ष ‘बिना सर्त’ उपहार स्वरूप दिएको नयाँ बोइङ ७४७–८ जेट विमान सार्वजनिक गर्नुभएको छ । अमेरिकी सेनाले झण्डै ४० करोड अमेरिकी डलर मूल्य बराबरको जम्बो जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिले प्रयोग गर्नुअघि विमानको परिमार्जन परीक्षण गर्नका लागि अन्तिम परीक्षण उडान गरिनेछ । जेट विमानको परिमार्जनका क्रममा सुरक्षा, मिसन सञ्चार, बन्दोबस्तीको सहयोग र उन्नत प्रविधिहरू अपग्रेड गरिएको अमेरिकी वायुसेनाले जनाएको छ ।

सन् २०२५ को मे महिनामा कतारी शाही परिवारले यो विमान अमेरिकी रक्षा मन्त्रालयलाई एयर फोर्स वानको हिस्सा बनाउन उपहार दिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search