विश्वकप फुटबल : १० खेलाडीमा सिमित पाराग्वेले टर्कीएलाई एक गोलले हरायो

विश्वकप फुटबलमा १० खेलाडीमा सिमित पाराग्वेले टर्कीएलाई एक गोलले हराएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज बिहान भएको तनावपूर्ण खेलमा पाराग्वे विजयी भएको हो । पाराग्वेका लागि माटियास गालार्जाले खेलको दोस्रो मिनेटमै गोल गरेका हुन् । जुन निर्णायक भयो ।

पहिलो हाफको अतिरिक्त समयमा पाराग्वेका स्टार खेलाडी मिगुएल अल्मिरोनले रातो कार्ड पाए । टर्कीएका खेलाडीलाई केही भन्दै गर्दा आफ्नो मुख हातले छोपेका कारण उनलाई रेफ्रीले मैदानबाट बाहिर पठाएका थिए ।

समूह ‘डी’ मा टर्किए आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग २ गोलले र पाराग्वे आयोजक अमेरिकासँग ४–१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । अमेरिका नकआउट चरणमा पुग्दा समान ३ अंक रहेको अस्ट्रेलिया दोस्रो र पाराग्वे तेस्रो स्थानमा छ ।

विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पौने ११ बजे नेदरल्यान्डस् र स्वीडेनबीच खेल हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search