‘ग्रे–लिस्ट’ बाट बाहिरिन नेपालले उल्लेख्य काम गर्न बाँकी

काठमाण्डाै । अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी वित्तपोषण नियन्त्रण प्रणाली सुधारमा नेपालले केही प्रगति गरे पनि अझै उल्लेख्य काम गर्न बाँकी रहेको जनाएको छ ।

गएको शुक्रवार सार्वजनिक विवरणअनुसार रणनीतिक कमजोरीहरू समाधान गर्न नेपालले ६ वटा क्षेत्रमा थप सुधार गर्नुपर्छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी वित्तपोषणसँग सम्बन्धित प्रमुख जोखिमको बुझाइ सुदृढ गर्नुपर्ने र वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी, क्यासिनो, बहुमूल्य धातु तथा घरजग्गा क्षेत्रमाथि जोखिममा आधारित सुपरीवेक्षण प्रभावकारी बनाउनुपर्ने एफएटीएफले जनाएको छ ।

अवैध हुन्डी तथा अनधिकृत मुद्रा हस्तान्तरण सेवा प्रदायकविरुद्ध प्रभावकारी कारबाही, अनुसन्धान निकायहरूको क्षमता विस्तार र अन्तरनिकाय समन्वयमा सुधार तथा अपराधजन्य सम्पत्ति पहिचान, रोक्का र जफतको काम थप प्रभावकारी बनाउनुपर्ने पनि सुझाव दिइएको छ ।

नेपाललाई एफएटीएफले २०८१ सालकाे फागुनदेखि २ वर्षका लागि ‘ग्रे–लिस्ट’ मा राखेको हो । ‘ग्रे–लिस्ट’ मा रहेकाले कार्ययोजनाअन्तर्गतका बाँकी प्रतिबद्धता समयमै पूरा गर्नुपर्ने दबावमा नेपाल छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search