आज बेलुका ४ बजेर ५५ मिनेटमा पृथ्वीका ९९ प्रतिशत मानिसले एकसाथ सूर्यको प्रकाश अनुभव गर्दै

आज बेलुका पृथ्वीका झन्डै ९९ प्रतिशत मानिसले एकैसाथ सूर्यको प्रकाश अनुभव गर्न पाउने भएका छन् । पृथ्वीको अक्षीय झुकाव र उत्तरी गोलार्धमा जारी गर्मीयामका कारण आज पृथ्वीका झन्डै ८ अर्ब २० करोड मानिसले एकैसाथ सूर्यको प्रकाश वा साँझ–बिहानको मधुरो उज्यालो अनुभव गर्ने भएका हुन् ।

नेपाली समयअनुसार बेलुका ४ बजेर ५५ मिनेटमा सिर्जना हुने यस्तो अवस्था झन्डै १ मिनेटसम्म कायम रहनेछ । यस क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका र धेरैजसो एशिया दिनको उज्यालोमा रहनेछन् भने अस्ट्रेलिया, न्युजिल्यान्ड र अन्टार्कटिकाजस्ता थोरै जनसङ्ख्या भएका क्षेत्र मात्र अन्धकारमा हुनेछन् ।

विज्ञहरूका अनुसार सामान्य दिनहरूमा पृथ्वीको ठ्याक्कै आधा भाग मात्र सूर्यतर्फ फर्किएको हुन्छ । तर जनसङ्ख्या असमान रूपमा वितरित भएकाले घना बस्ती भएका एशिया, युरोप र अफ्रिका महादेश उज्यालोमा पर्दा जनसङ्ख्याको हिसाबले दिनको उज्यालो अनुभव गर्नेको प्रतिशत औसतमा ६५ देखि ७५ प्रतिशतसम्म पुग्ने अनुमान छ । गर्मीयाममा भने उत्तरी गोलार्ध सूर्यतिर बढी झुक्दा यही प्रतिशत ९९ सम्म उक्लिने गरेको हो ।

टाइम एन्ड डेटका अनुसार यस्तो अवस्था कुनै एउटै विशेष दिन नभई मे १८ देखि जुलाई १७ सम्म हरेक वर्ष दोहोरिने गर्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search