गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ : प्रतिपक्ष दल

काठमाण्डाै । प्रतिपक्ष दल नेकपा, नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । काठमाण्डौको त्रिपुरेश्वरमा हिजो आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र ज्यान गुमाएका युवाको विषयमा आजको प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको हो । यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

नेकपाका सांसद पार्वती विक, वर्षमान पुनलगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । त्यस्तै यो घटनामा राज्य किन मूकदर्शक बनेर बसेको छ भन्दै कांग्रेसले प्रश्न गरेको छ । कांग्रेसकी सांसद बासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्ससमेत नपठाएको आरोप लगाउनुभयो ।

त्यस्तै एमालेले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि आग्रह गर्नुभयो । साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ ।

यस्तै राप्रपाको संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनुको कारण राज्यको नीति भएको बताउनुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search