गणेश नेपालीको घटनामा छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

 

काठमाण्डाै । सरकारले मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायब महनिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै समिति गठन भएकोबारे जानकारी गराउनुभएको हो । गृहमन्त्री गुरुङले ५ सदस्यीय छानबिन समिति गठन गरेकाे जानकारी दिनुभयो । उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ ।

गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

हिजो जलनपछि वीर अस्पताल पुर्‍याइएका मुगुको सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय नेपालीको आज बिहान उपचारका क्रममा ज्यान गएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search