काठमाण्डाै । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय रहेको उल्लेख गर्नुभएको छ । ‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन, यो एउटा नागरिकको जीवन र हाम्रो मानवीय संवेदनासँग जोडिएको गम्भीर विषय हो’, उहाँले लेख्नुभएको छ ।
थापाले आमयुवाले भोग्नुपरेको निराशा र राज्य संयन्त्रप्रति नागरिकको असहाय भावनाबारे प्रश्न उठाउँदै गणेशको परिवारलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ । हिजो जलनबाट घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा आज बिहान वीर अस्पतालमा ज्यान गएको हो ।










